-रुद्र ढुंगेल
जसलाई तिमिले सल्लाहकार बनायौ
उसलाई नै सल्लाह दिन बाध्य छौ ।
ए मेरो कमरेड ।
हो कमरेड
तिमि भन्दैछौ आज ।
ए सल्लाहकार बाबु,
एकता बिरुद्ध नबोल ।
आफुभन्दा शिर्षलाई
कहिल्यै नधम्काए
बावु, यो राजनीति हो
इतर उतरका सबैलाई नर्तसाए
नाथे अख्तियारको धम्कि दिएर
यो राजनीति हो, दाउ पेचको
मेरो इसाराभन्दा अरुलाई छुनु हुदैन बावु
अहँ फिटिक्कै बोल्न हुँदैन ।
जसलाई अवैतनीक बनायौ
तिमिले भन्दा बढी बेतन लियो ।
तिम्राले खन्न सिकाएका गोरेटाहरुमा
तिम्राले भन्दा हुन्,
मेरो देश, मेरो जगदम्बा
उ पनि अलाप सहित भन्दो हो,
तेरो देश मेरो जगदम्बा
ठिकै सुन्दा हौ तिमि पनि,
देश तिम्रै हरुको हो
जगदम्बा उसकै हो ।
हैन र कमरेड ?
यतिलाई दरबार सुम्पियौ,
ओम्नीलाई घरबार सम्झियौ
आठ आनाको भेटी फर्काइयो
७० करोडको ठेकि घर्काइयो ।
तै पनि चलेकै छ देश ।
है कमरेड ?
ठेकेदार छोरालाई बुद्धि दिएनौ
सचिवालयका सदस्यलाई सुद्धी दिएनौ
व्यापारीसंग मिलेर संकटमा लुटे
किताब लेखेर गणतन्त्र ल्यायौ भनेर झ्याली पिटे ।।
हामी फगत रमिते
ए कमरेड ।
देश लुटिदा
जनता दुख्दा
खै तिम्रो कार्यकारिणी अधिकार
कँहा छ ए मेरो कमरेड ?
-बेलकोटगढी नगरपालिका
नुवाकोट