सेयर
नेकपा एमालेका नेता प्रदिप नेपालले नयाँ पार्टी खोलेका माधव नेपालको साथ छोडेको बताउनुभएको छ । आज ट्वीट गर्दै नेता नेपालले माधव नेपालको साथ छोडेको बताउनुभएको हो ।
उहाँले ओली तानाशाह भएकाले ओलीसँग पनि नजाने भन्दै माधव नेपाल झेली भएकाले उनलाई दिन नसकेको उल्लेख गर्नुभएको छ । नेता नेपालले आफूले पटक पटक भन्दै आएको जबजलाई माधव नेपालले छोडेकाले आफूले साथ दिन नसक्ने प्रष्ट पार्नुभएको छ ।
उहाँले लेख्नुभएको छ- माधव कमरेड, म केपीसँग जान्नँ । किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ । तपाईं पनि झेलि कुरा गर्न सिक्नुभएछ । बाराम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । बिदा ।
shere this