नेकपा (माओवादी केन्द्र) ले गर्न लागेको केन्द्रीय सम्मेलनमा सहभागी हुन आउने सदस्यले प्रवेश शुल्क तिरेर मात्रै प्रवेश पाउने भएका छन् । जसका लागि पार्टीले २ हजार शुल्क तोकेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।
यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ ।
राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाएको छ। हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।