सेयर
काठमाडौँ ।
मंगलबार बिहान देशका विभिन्न भागमा भुकम्पको धक्का महसुस भएको छ । चीन केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा विभिन्न भागमा कडा धक्का महसुस भएको हाे । तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भुकम्प गएकफ राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । यो नेपालबाट औसत दुरी ९० किलोमिटर टाढा हो ।
भुकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरू चर्किएको बताइएको छ । चीनमा भने हालसम्म ३६ जनाको मृत्यु भएको खबर चिनियाँ सञ्चार माध्यमहरूले दिएका छन् । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
shere this