सेयर
बिहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । गण्डकी प्रदेशबाट नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनुभएको छ । उहाँले ३ हजार ६ सय ६० मतभार पाएर विजयी हुनुभएको हो । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए ।
विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाउनुभयो । उहाँले स्थानीय तह तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाउनुभयो । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे ।
shere this