काठमाडौं ।
भारतले आफ्नो नक्सामा समावेश गरेकाे नेपाली भूमि आफ्नै देशको नक्सामा समेटिएको छ । नेपाल सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले नेपाली भूमि कालापानी लिम्पियाधुरा र लिपुलेक समेटेर तयार गरेको नक्सा अनुमोदन गरेको । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले हिजोको बैठकमा उक्त नक्सा पेश गरेकी थिईन् ।
आजको बैठकबाट सो नक्सा पारित भएको हो । अब उक्त नक्सा राजपत्रमा प्रकाशित भएपछि प्रयोगमा आउनेछ । मन्त्रीपरिषद्को निर्णयसँगै सरकारको सर्वत्र सकारात्मक चर्चा भएको छ । धेरैले सरकारलाई धन्यवाद सहित समाचार सामाजिक सञ्जालमा राखेका छन् ।
भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक नै बनाई उद्घाटन गरेपछि चर्किएको सिमा विवादसँगै नेपालको नक्सा सार्वजनीक गर्न सरकारलाई दबाब परेको थियो । मन्त्रिपरिषद बैठकले नेपालको नक्सा पारित गरेसँगै पर्यटनमन्त्री योगेश भट्ठराईले यसलाई ऐतिहासिक भएको बताएका छन् ।
भारतले नेपाली भूमि लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।