काठमाडौं ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आज राष्ट्रक नाममा सम्बोधन गर्दै हुनुहुन्छ । कोरोना भाईरसको संक्रमण, रोकथाम, नियन्त्रण र सरकारका कामबारे जानकारी दिन सम्बोधन गर्न लाग्नुभएको हो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई निर्धक्क भएर र आत्मबल बढाएर काम गर्न अपिल गर्ने समेत जनाईएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको जोखिममा लकडाउन थपिएसँगै सर्वसाधारणलाई सचेत रहन र घरबाहिर ननिस्कन अपिल गर्नुहुनेछ ।
बिहान ११ बजे हुने सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
shere this
याे सामग्री सेअर गर्नुहाेस्