सेयर
काठमाडौँ ९ साउन ।
त्रिभुवन विमानस्थलमा काठमाडौँबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । बिहान सवा ११ बजे धावनमार्गमा चिप्लिएर आगोलागि भएर जहाज दुर्घटनाग्रस्त भएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
जहाजमा चालकदलका सदस्यसहित १९ यात्रु रहेको बुझिएको छ । अहिले उद्दार कार्य चलिरहेको छ । उद्दारकर्ताले दुई वटा शव फेला पारेको तथा केहीलाई जिवितै उद्दार गरी अस्पताल पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । जहाजका पाइलटलाई जीवितै उद्दार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
shere this