सेयर
नुवाकोट ।
जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष बुद्धिमान तामाङ वैदेशिक रोजगारीमा गएपछि अध्यक्षमा राईलाई चयन गरिएको हो ।
मंगलवार बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल ढकालको उपस्थितिमा राईलाई जिम्मेवारी दिइएको हो ।
गड्खार युवा जनजागरण युवा क्लब लिखु ४ का व्यवस्थापक समेत रहेका राई पुर्व फुटबलर हुनुहुन्छ । उहाँ हाल गड्खार युवा जनजागरण युवा क्लब प्रशिक्षक समेत हुनुहुन्छ ।
मंगलबार राईसँगै दुई जना सदस्य समेत मनोनयन गरिएको छ । खेलकुद विकास समितिको सदस्यमा विदुर नगरपालिका वडा नम्बर १० का सरोज तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का सुमित्रा गरुङलाई नियुक्त गरिएको हो ।
shere this