काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । आज एकैदिन ३ जना पुरुषमा संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणका क्रममा बाराका २ र पर्साका १ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार ती तीनै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।कोरोना संक्रमणबाट पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किसकेका छन् ।
अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् । संक्रमितको नजिक रहेका ‘कन्ट्र्याक ट्रेसिङ’ समेत भइरहेको जनाइएको छ ।
यसअघि संक्रमित ४ जना थपिएको भनिएपनि १ जना संक्रमित पुरानै रहेको पुष्टी भएपछि सच्याइएको छ । सं
shere this