-प्रकाश फुयाल
ककनी
म सपनामा छु,
म सपनाको राजा हुँ
तिमी मेरो प्रजा हौ ।
तिमीले मेरो आदेश शिरोधार्य गर्नु पर्छ
मेरो फर्मानलाई अक्षरस: पालन गर्नुपर्छ
किनकी म नयाँ युगको बादशाह हुँ
म नयाँ युगको जंगबहादुर हुँ ।
मेरो अखण्डराज्यमा कोही स्वतन्त्र छैन
र म भन्दा माथि कोहि छैन
म परम प्रभु, सर्वज्ञाता हुँ
म भन्दा माथि कुनै जाती छैन
मेरो आधेस लाई जस्ले दुत्कार गर्छ
त्यो सजाएको भागीदार हुन्छ ।
यो राज्यको कहिल़्यै अन्त हुँदैन
जवसम्म मेरो भौतिक शरिर रहन्छ,
जव मेरो भौतिक शरिरको अन्त्य हुन्छ
तव मेरो सपनाको पनि अन्त्य हुन्छ
र, शासन पनि
किनकी म त सपनाको राजा हुँ ।
shere this