काठमाडौं ।
जनपक्षीय लेखक तथा साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै रुकुम घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही माग गरेका छन् । उनीहरुले रुकुम घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिंर्दै रुकुम घटनाको निष्पक्ष छानबिन गरी त्यसका अपराधीहरूलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कार्वाही र दण्डको व्यवस्थाका लागि राज्यसँग जोडदार माग गरेका छन् । वक्तव्यमा समाजका जातीय विभेदविरोधी चेतना राख्ने सबै तह र तप्काका नागरिकहरूले एक स्वरमा यसका लागि राज्यमाथि चौतर्फी दबाव सिर्जना गर्न गर्न समेत आह्वान गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “यस घटनाले वर्तमान राज्यको चरित्र र उत्पीडित जाति, वर्ग र समुदायका लागि राज्यविहीनताको स्थितिलाई पनि उदाङ्गो पारेको छ भन्ने हाम्रो ठहर छ । त्यसैले आम न्यायप्रेमी जनसमुदायको सजगता र निरन्तरको दबाबका अभावमा अपराधीहरू संरक्षित रहने र उन्मुक्ति पाउने प्रबल सम्भावना भएकाले हामी देशव्यापी सजगता र प्रतिरोधी अभियान सञ्चालनका लागि सबै प्रगतिशील तथा न्यायप्रेमी शक्ति एवं सङ्गठनहरूसँग हार्दिक अपिल पनि गर्दछौं ।”
वक्तव्यमा भनिएको छ, “केही दिनअघि पश्चिम रुकुमको चौरजहारीमा उच्च जातीय उन्मादीहरूले गरेको जातीय नरसंहारको घटना नेपाली समाज मात्रको नभई मानवताविरुद्धकै अपराध हो । अन्तर्जातीय प्रेमलाई अपराध घोषित गरेर जातीय श्रेष्ठताका दम्भमा नवराज बि.क. लगायत दलित समुदायका र अन्य समेत गरी ६ जना युवाहरूको क्रूरतापूर्वक गरिएको उक्त हत्याकाण्डको हामी घोर निन्दा र भर्त्सना गर्दछौं । तर यो केवल निन्दा र भर्त्सना व्यक्त गरेर पुग्ने विषय र घटनासन्दर्भ होइन । उच्च जातीय दलनलगायत सम्पूर्ण खाले उत्पीडनका विरुद्ध दसौं वर्षको जनयुद्धको महाअभियान सञ्चालन भएको र गणतन्त्रको चरणमा समाज प्रवेश गरेको वर्तमान परिवेशमा कथित उच्च जातीय युवतीसँग कुनै दलित मानिएको युवकले प्रेम गरेवापत सामूहिक रूपमा ऊ र उसका स्वजनको बर्बर हत्या गरिनुले उच्च जातीय अहङ्कारको क्रूरता अहिले पनि समाजमा सक्रिय एजं सशक्त रहेको तथा राज्यका कानुन र शासनसंयन्त्र निरर्थक रहेको पुष्टि गर्दछ । उच्च जातीय अहङ्कारको यो चेतना तथा यसलाई सम्बल प्रदान गर्ने राज्यसंयन्त्रका साथै जातीय विभेदमा आधारित सामाजिक सांस्कृतिक संरचनाको समूल अन्त्य नभएसम्म यस्ता कृत्यको अन्त्य सम्भव छैन र त्यसका लागि सशक्त क्रान्तिकारी आन्दोलनको खाँचो झन् टड्कारो भएको छ । यस क्रममा, यति बेला भने रुकुम घटनाको निष्पक्ष छानबिन गरी त्यसका अपराधीहरूलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कार्वाही र दण्डको व्यवस्थाका लागि हामी राज्यसँग जोडदार माग गर्दछौं र समाजका जातीय विभेदविरोधी चेतना राख्ने सबै तह र तप्काका नागरिकहरूले एक स्वरमा यसका लागि राज्यमाथि चौतर्फी दबाव सिर्जना गर्न आह्वान पनि गर्दछौं । यस घटनाले वर्तमान राज्यको चरित्र र उत्पीडित जाति, वर्ग र समुदायका लागि राज्यविहीनताको स्थितिलाई पनि उदाङ्गो पारेको छ भन्ने हाम्रो ठहर छ । त्यसैले आम न्यायप्रेमी जनसमुदायको सजगता र निरन्तरको दबाबका अभावमा अपराधीहरू संरक्षित रहने र उन्मुक्ति पाउने प्रबल सम्भावना भएकाले हामी देशव्यापी सजगता र प्रतिरोधी अभियान सञ्चालनका लागि सबै प्रगतिशील तथा न्यायप्रेमी शक्ति एवं सङ्गठनहरूसँग हार्दिक अपिल पनि गर्दछौं ।”
वक्तव्य जारी गर्नेहरुको नामावलीः
१. निनु चापागाईं
२. प्रा. डा. जगदीशचन्द्र भण्डारी
३. रोशन जनकपुरी
४. आहुति
५. इस्माली
६. घनश्याम शर्मा पौडेल
७. नवीन विभास
८. प्रा. डा. नन्दीश अधिकारी
९. हीरामणि दुःखी
१०. खेम थपलिया
११. प्रा. डा. भवानी पाण्डे
१२. डा. रामप्रसाद ज्ञवाली
१३. युग पाठक
१४. मित्रलाल पंज्ञानी
१५. विष्णु भण्डारी
१६. राजु स्याङ्तान
१७. विनोदविक्रम के. सी.
१८. सङ्गीत स्रोता
१९. बलराम तिमिल्सिना
२०. शरद् पौडेल
२१. तक्मा के. सी.
२२. डा. कृष्णराज अधिकारी
२३. डा. सुकुम शर्मा
२४. परशुराम कोइराला
२५. नुमराज बराल
२६. पोषराज पौडेल
२७. भीम रानाभाट
२८. सीता शर्मा
२९. गौरी दाहाल
३०. शोभा दुलाल
३१. बन्दना ढकाल
३२. यादवराज उपाध्याय
३३. प्रा.डा. ताराकान्त पाण्डेय
३४. मोदनाथ मरहट्टा
३५. रविकिरण निर्जीव
३६. ईश्वरी ओझा
३७. देवेन्द्र लम्साल
३८. अनिल श्रेष्ठ
३९. राजेश बान्तवा
४०. हुकुमबहादुर सिंह
४१. राजेन्द्र पौडेल
४२. कल्पना चिलुवाल
४३. सिर्जना ढकाल
४४. उमेश आचार्य
४५. कृष्णहरि भट्ट
४६. डा. विदुर वस्ती
४७. प्रा. श्रीधर अधिकारी
४८. प्रभात सापकोटा
४९. पञ्चकुमारी परियार
५०. विष्णु न्यौपाने
५१. वसन्त बोगटी
५२. सुनिता बुढाथोकी
५३.चन्द्रा थानी
५४. कुमार थापा
५५. इन्द्र राउत
५६. चित्रनारायण थारू
५७. नारायण मरासिनी
५८. रामराज रेग्मी
५९. खगेश्वर भण्डारी
६०. छायादत्त न्यौपाने
६१. कमल निओल
६२. लोकराज रेग्मी
६३. पूर्णबहादुर अधिकारी
६४. ईश्वरी गुरागाई
६५. इन्दिरा अधिकारी
६६. विष्णु नेम्बाङ्
६७. खोमा तरामुमगर
६८. कला अनुरागी
६९. शकुन्तला जोशी
७०. विकास लुङ्गेली
७१. काजी गाउँले
७२. शैलज पौडेल
७३.राजेन्द्र घायल
७४. अर्जुन ढकाल
७५. धनेश्वर पोखरेल
७७ कुमार मरहट्टा
७८. नारायण परिश्रमी
७९. शीला योगी
८०. होमनाथ पाठक
८१. प्रकाश खनाल
८२. नारायण नेपाल
८३. आकाश अधिकारी
८४. श्यामकृष्ण खुलीमुली
८५. शान्ति लुङ्गेली
८६. रोशन लामा
८७. नारायण बास्तोला
८८.गोपाल खनाल
८९. चिन्तु गिरी
९०. बिपी विद्रोही
९१. लोकनाथ पुडासैनी
९२. रेशम पराजित
९३. शोभाकान्त गौडेल
९४. अजीत क्षेत्री
९५. दुर्गा्किरण तिवारी
९६. दुर्गाप्रसाद ढकाल
९७. हिमलाल पराजुली
९८. शम्भु अर्याल
९९. मिलन समीर
१००. सूरज उपाध्याय
१०१. स्ट्रगल राना
१०२. जनार्दन वियोगी
१०३. महादेव पोखरेल
१०४. च्याङ तमु
१०५. लोकनाथ पुडासैनी
१०६. प्रभा मरहट्टा
१०७. हेमराज आश्रम (पुन) लगायत ।
Recent Comments