-रामप्रसाद ढुङ्गाना
उत्पादन, मानिस, ठाउँ, औजार – वस्तु, उत्पादन, वितरण, मुल्य, उपभोक्ता
मानिस कुनै चिज उत्पादन गर्न ठाउँ र औजारको माग गर्दछ । उत्पादन गर्ने कच्चा पदार्थ अनि मात्र उत्पादित वस्तुको परल मुल्य के कति पर्यो निर्धारण गरेर अनि वितरण हुन्छ । उपभोक्ताहरु समक्ष केही आर्थिक लगानी गरेर नाफा राखेर उपभोक्तालाई बिक्री गर्दछ ।
पहिलो मानिसको ज्याला कच्चापदार्थको मुल्य ठाउँ र औजारको ज्याला जोडेर के कति पर्यो उत्पादित वस्तुको मुल्य लिएर उपभोक्ताहरुलाई बिक्री गर्दछ ।
समाजवादी अर्थको चरित्र श्रम प्रधान हुन्छः जस्तो कुनै एक कपडा कारखानामा कच्चा पदार्थ कपास ल्याएर चिउरीबाट धागो कातेर मेसिनमा राख्ने अनि कपडा उत्पादन हुन्छ । कपडाका गाँठ बनाएपछि बाहिर उपभोक्ताकहाँ पठाउने र मुल्य निर्धारण अनुसार मुल्य लिएर बिक्री गर्दछ ।
एउटा किसानले आफ्नो खेतबारीमा श्रम गरेर खनजोत गरेर बाली लगाउन योग्य बनाएपछि मल बिउ श्रम गरेर काम गर्दछ । उत्पादन गरेको मुल्य के कति पर्यो बिक्री गर्दछ । उपभोक्ताले मुल्य तिरेर उपभोग गर्दछ ।
कुनै फलाम कारखानामा कच्चा फलाम ल्याएर कुनै औजार तयार गरेपछि कच्चा पदार्थदेखि श्रम के कति मुल्य पर्यो सबै जोडेर बिक्री मुल्य निर्धारण गरेपछि उपभोक्तालाई बिक्री गर्दछ ।
कुनै पशुपालक किसानले दुधजन्य पशुपालन गर्दछ । उसले किनेर ल्याएको मुल्य अनुसार र उसको दुध उत्पादनलाई लाग्ने कष्टअनुसार दुध दही मखनको परल कस्टबाट आफुलाई के कति नाफा राखेर बिक्री गर्दछ र उपभोक्ताले किन्छ ।
पुँजीवादी अर्थ व्यवस्था
पुँजीवादी अर्थतन्त्रमा पुँजीवादले पुँजीको मुल्य प्रधान मान्छ । पुँजी पहिलो भन्छ । उत्पादित मुल्यभन्दा धेरै उच्च मुल्य राख्छ । समाजवादमा मजदुरको ज्याला १ केजी उत्पादनमा १० रुपैयाँ लागेको १० रुपैया पाउँछ ।
पुँजीवादीहरुले उसको उत्पादन गर्ने मजदुरलाई ५ रुपैया दिएर मालिकले बसी बसी ५ रुपैया खान्छ । यो सत्यतालाई मजदुरहरुले मजदुर मारा मालिक भन्छन् ।
पुँजीवादी चिन्तनले नाफाखोर सिकाउँछ । समाजवादी चिन्तनले सेवामुखी बनाउँछ ।