काठमाडौँ ।
दक्षिण एशियाली मुलुकहरूकाे १३ औँ साफ खेलकुदमा बक्सिङ खेलमा नेपालकाे तर्फबाट सहभागी भइ विभिन्न पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएकाे छ । मार्शल आर्ट अर्गनाइजेन नेपालकाे आयाेजनामा कीर्तिपुर ४ स्थित सिम क्षेत्रकाे ‘विथ लाेकल्स’ नेपाल फार्म हाउसमा भएकाे आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई सम्मान गरिएको हो ।
खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान-पत्र हस्तान्तरण गर्नुभयाे ।
सम्मानित हुने खेलाडी तथा काेचहरूमा बक्सिङ खेलमा लामाे समयसम्म काेच भई याेगदान पुर्याएका कीर्तिपुर ७ का काेच उमेश कटुवाललाई नगद पुरस्कार रू. ५० हजार र सम्मान-पत्र, साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५ हजारसहित सम्मान-पत्र, रजत पदक पदक बिजेता खेलाडीहरू ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ काेच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशाेर लिम्बू र म्यानेजर टिमका प्रेम फाैजु र प्रमिला राई सम्मानित भएका थिए ।
मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनकाे सभापतित्वमा भएकाे कार्यक्रमको संयाेजन सुदीप महर्जनले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीकाे उपस्थिति रहेकाे थियाे । आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिकाका १० वडा र विद्यालयका महिला तथा छात्राहरूकाे सहभागिता रहेकाे थियाे ।