काठमाडौं ।
सरकारले जारी लकडाउन थप १० दिन लम्बाएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले भोलीसम्मका लागि गरिएको लकडाउनको समयावधी बढाएर यही बैशाख २५ सम्म पुर्याउने निर्णय गरेको हो ।
चैत ११ गतेदेखि जारी लकडाउन कोरोना सन्त्रास कम नभएको भन्दै सरकारले सुरक्षीत रहन थप्दै आएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय लिएको हो। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शनिबार लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउन सिफारिस गरेको थियो।
पछिल्लो समय देशका पहाडदेखि तराईका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई पनि निरन्तरता दिएको हो। यसअघि लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे चर्चा सुनिएपनि सरकारले यसबारेमा केही खुलाएको छैन ।