सेयर
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाग्मती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितहरुलाई राहत तथा पुनःस्थापना र पुनर्निर्माणको लागि रु ६४ लाख हस्तान्तरण गरेको छ।
सोमबार बिहान मेलम्ची नगरपालिकाको सभा हलमा बागमती प्रदेशका सह इञ्चार्ज हितमान शाक्य, हितबहादुर तामाङ र बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहाल, केन्द्रीय सदस्य माधव सापकोटा र केन्द्रीय सदस्य युवराज दुलाल लगायतले मेलम्चीका प्रमुख श्रीडम्बर अर्याल, पाँचपोखरी थाम्पालका श्रीटासी ह्योल्मो शेर्पा र हेलम्बुका गाउँपालिकाका प्रतिनिधिलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
बाग्मती प्रदेश अन्तर्गतका माओवादी केन्द्रको तर्फबाट निर्वाचित नगर तथा गाउँपालिकाहरुलाई प्रदेश कार्यालयले समन्वयमा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकाका बाढीबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना र पुनर्निर्माण कार्यमा प्रयोग गर्नेगरी विभिन्न पालिकाहरुबाट सहयोग रकम संकलन गरिएको सांसद हितबहादुर तामाङले जानकारी दिनुभयो ।

बाढी पीडितको सहयोगका लागि नुवाकोटको ककनी गाउँपालिका ५ लाख र पञ्चकन्या गाउँपालिका ३ लाख रकम दिएका थिए । यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाले ३लाख
चितवनको भरतपुर महानगरपालिकाले १० लाख, माडी नगरपालिकाले ६ लाख दिएका थिए ।
सिन्धुलीको मरिण गाउँपालिका र सुनकोसी गाउँपालिकाले संयुक्त रुपमा ६ लाख दिएको तथा रामेछापको सुनापती गाउँपालिकाले ३ लाख, दोरम्बा गाउँपालिकाले ३ लाख दिएको सासंद तामाङले जानकारी दिनुभयो । काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिकाले ६ लाख
महाभारत गाउँपालिकाले ३ लाख दिएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले ३ लाख
तथा सिन्धुपाल्चोकको चौतारा नगरपालिकाले ११ लाख दिएका छन् ।
सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिकाले ५ लाख दिएको छ । ललितपुरको कोन्जोसोम गाउँपालिकाले ९० हजार रुपैया दिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादीले यी सबै पालिकाहरुबाट प्राप्त ६४ लाख रुपैया मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिका गरि तीनै वटा पालिकाहरुलाई बराबरी दरले हस्तान्तरण गरेको हो ।
shere this