मार्क्सवादी एकता अभियान नेपालले विभिन्न वाम राजनीतिक दलसँग बृहत अन्तरक्रिया गर्ने भएको छ । अभियानको माघ १७ र १८ गते केन्द्रिय सचिवालयको बैठकले अन्तरक्रिया गर्ने निर्णय गरेको हो । सचिवालयका संयोजक प्राध्यापक रमेश अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
१) मार्क्सबादी एकता अभियानलाई बिस्तार गर्ने । यस क्रममा तत्कालका लागि शहर केन्द्रित हुने गरी देशब्यापी अभियान बिस्तार गर्ने !
२) राज्यपुनर्संरचना सम्बन्धमा मार्क्सवादी एकता अभियानको अवधारणा स्पष्ट हुने गरि कार्यपत्र तयार गर्ने । यसको तयारीका लागि संयोजक प्राद्यापक रमेश अधिकारीको संयोजकत्वमा सचिवालयका सदस्यद्वय रघु घिमिरे र महादीप पोखरेल सहित तीनसदस्यीय समिति गठन गरियो !
३)अभियानले राज्यपुनर्संरचना सम्बन्धमा बिभिन्न बामदलका नेताहरुसँग समन्वय गरी सकेसम्म छिटो सामुहिक रुपमा बृहत अन्तरक्रिया गर्ने !
Recent Comments