नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम शुरु गरेको छ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निष्कासन गरिएका पत्रकार दिपा दाहालको पूर्नवहाली लगायतको माग राखेर नेपाल पत्रकार महासंघ आजदेखि चरणबद्ध संर्घषको कार्यक्रममा उत्रेको हो ।
आन्दोलनको पहिलो दिन पत्रकार महासंघको नेतृत्वमा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यलयको गेटमा मध्यान्ह १२ वजेदेखि दिउँसो साढे १ बजेसम्म धना कार्यक्रम आयोजना गरेको थियो ।
कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत झण्डै ८० प्रतिशत भन्दा वढी पत्रकारलाई राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिकसम्म दिएको छैन । त्यस्तै पत्रकार दिपा दाहाललाई आफैले काम गर्न बोलाएर दुई वर्षसम्म अन्यत्र काममा जान नपाउने भन्दै आफैले जागिर अफर गरेर ल्याएको र कान्तिपुरकै अर्को भगिनी संगठनमा १० वर्ष अगाडी भएको लैगिक हिंसाको विषयलाई आधार बनाएर करार नवीकरण नगरेर निश्कासन गरेको थियो ।
त्यसको विरोधमा पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा धर्ना कार्यक्रम आयोजना गरेको हो । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, महासचिव रोसन पुरीले पत्रकार दिपा दाहालको पूर्नंवहाली र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा नआउँदासम्म पत्रकार महासंघले आन्दोलनका कार्यक्रम नरोक्ने बताउनु भएको थियो ।
धर्ना कार्यक्रममा कान्तिपुरबाट निकालिएकी पत्रकार दिपा दाहालले आफूमाथी अन्याय भएको बताउनुभयो । उहाँले आफूले तीन महिनामा तीन वर्षको जति खटिटएर काम गरेको र पूर्वाग्रही भएर बिनाकारण आफुलाई हटाइएको र त्यसका विरुद्ध र आफनो पूर्नवहालीका लागि नेपाल पत्रकार महासंघले साथ दिएकोमा महासंघप्रति धन्यवाद समेत दिनुभएको थियो ।
पत्रकार महासंघले गरेको धर्ना कार्यक्रममा पुगेरै सञ्चारसँग सम्वन्धित विभिन्न संघ सस्थाका प्रतिनिधीहरुले पनि महासंघको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाएका थिए ।
युनमीका अध्यक्ष गोविन्द धिताल, स्वतन्त्र पत्रकार संगठन नेपालका अध्यक्ष एलएस लामा, नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल, राजधानी प्रतिष्ठानका अध्यक्ष इश्वर विश्वकर्मा, काठमाडौं शाखाका अध्यष सूर्य सुवेदी, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, सञ्चारिका समुहका उपाध्यक्ष पवित्रा सुनार, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य कल्पना शर्मा , प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर लगायतले पत्रकार दिपा दाहालको पुनर्वहाली र पत्रकार महासंघले राखेका अन्य माग प्रति ऐक्यबद्धता जनाएका थिए ।
महासंघले मंगलबार पनि मध्यान्ह १२ बजेदेखि दिउँसो १ बजेसम्म फेरि पनि निरन्तरताकै रुपमा कान्तिपुर टेलिभिजनको कार्यालयमा धर्ना कार्यक्रमलाई निरन्तरता दिनेछ ।
त्यसपछि पनि कान्तिपुर टेलिभिजन व्यवस्थापन पक्षले मागको सम्वोधन नगरे थप संर्घषका कार्यक्रम राखेर आन्दोलनलाई निष्कर्षमै पुर्याएर छोड्ने महासंघका महासचिव रोसन पुरीले धर्ना कार्यक्रममा ब्यक्त गरेका थिए । पत्रकार महासंघले वैशाख ७ र ८ गते नागरिक दैनिकमा पनि धर्नाको कार्यक्रम गर्ने गरी कार्यक्रम घोषणा गरेको छ ।