लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पौखरेलले पदबाट राजीनामा दिएका छन् । उनका विरुद्ध परेको अविस्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुने कार्यसूचीका बिच आइतबार पोखरेलले राजीनामा दिएका छन् । अब पोखरेलको राजीनामा सँगै नयाँ सरकारको गठनका लागि विस्वासको मत लिनुपर्ने हुन्छ ।
सरकार गिराउने टिकाउने खेलका बिच जनता समाजवादी पार्टीका चारजना सांसदले अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि पार्टीको नीति आदेश विपरित भन्दै चारै जनालाई जसपाले कारबाही गरेको थियो । जसपाले आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि अब विपक्षी कसैले पनि मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध बहुमत जुटाउन नसक्ने देखिएको छ ।
जसपाको निर्णयपछि लुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुमत हुने स्थिति छ । अब सबैभन्दा ठूलो दलको नाताले एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।
पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।