नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारि)त्रियुगा नगर सम्मेलन सम्पन्न भएको छ । गाइघाट बजारमा सम्पन्न सम्मेलनले जानकी खत्रीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
नेकपाले सरकारसँग तिन बुदे सहमति संगै प्रतिबन्ध फुकुवा भएसँगै पार्टिका सबै जबसहरु बैठक, भेला र सम्मेलनलाइ तिब्र बनाएको छ।
कोरोना माहामारिको बाबजुद पनि भब्य उपस्थिति सहित भएको सम्मेलनको प्रमुख अतिथि पार्टीको सेक्रेटरी लक्ष्मण पौड्याल र अतिथिहरु त्रियुगा नगर पार्टी इन्चार्ज मिन प्र. पोख्रेल, जिल्ला पार्टी कार्यलय सचिब दुर्गा तामाङ र विद्यार्थी संगठनको जिल्ला अध्यक्ष देहज क्षेत्रिको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै लक्ष्मण पौड्यालले विद्यार्थीहरु देशको कर्णधार भएकोले देशलाइ अप्ठेरो परेको बेला विद्यार्थीहरु एकढिक्का भएर जुट्नु पर्ने बताए।
अहिलेको दलाल पुजीवादी राज्यब्यबस्था कारण देशको स्वाधीनता, जनजिबिका र जनतन्त्र ठुलो संकट परेको बताए। यो अवस्थामा पार्टीले अगाडि बढाएको प्रगति संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको नीति उत्तम बिकल्प रहेको र जिल्लाभरि सबै जनतालाइ वैज्ञानिक समाजबादको दिशामा ध्रुविकृत गर्ने र त्यो अभियानमा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्वाह गर्न जोड दिए ।
त्यसैगरी विद्यार्थी अध्यक्ष देहज क्षेत्रीले नेपालको गलत शिक्षाको कारण नेपाली युवा विद्यार्थीको भबिष्य अन्धकार भएको र यस्को वैकल्पिक शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको दिशामा अखिल (क्रान्तिकारी)अगाडि बढेकोले सबै विद्यार्थीहरु एकपटक कम्मर कसेर लाग्न अपिल गरे ।
सम्मेलनबाट निर्बाचित सबै सदस्यहरु उत्साहित भएको र दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको निर्बाचित अध्यक्ष खत्रिले बताइन् ।