सेयर
काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यु लागेको छ । हिजो साँझ बसपार्कनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट खानीखोला गाउँपालिका- १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको छ ।
मृतकका आफन्त र स्थानीयले प्रदर्शनसहित तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
ठक्कर दिने बा५ख ५४८० नं को टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
आक्रोशित भीड र प्रहरीबीच झडप हुने क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र आन्दोलनकारी घाइते भएका छन् ।
shere this
Recent Comments