काठमाडौं ।
त्रिवि शिक्षण अस्पतालमा भएको प्रधानमन्त्री केपि शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणका बिषयमा दुइजना अधिवक्ताले सूचना माग गर्दै निवेदन दिएका छन् । आज अधिवक्ताद्धय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ बमोजीम सूचनाको माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई मृगौला प्रत्यारोपण गर्न नाता प्रमाणित गरिएको बिषयमा सूचना माग गरिएको छ । निवेदनमा प्रधानमन्त्री केपि शर्मा ओलीलाई कसले मृगौला दान दिएको हो ? मृगौला लिनेदिने क्रममा के के कागजात भएका छन् ? सूचना उपलब्ध गराउन भनिएको छ मृगौला प्रत्यारोपण ( मृगौला प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०५८ अनुसार जिवित मान्छेको मृगौला दानका लागि नजिकको नातेदार हुनुपर्ने उल्लेख छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीलाई मृगौला दिने समिक्षा संग्रौला भान्जी नाता पर्ने बताइएको छ ।
मृगौला दानसम्बन्धी नियमावलीमा के छ भन्ने जान्न यहाँ क्लिक गर्नुहोस् ।
Recent Comments