तनहुँ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
shere this