सेयर
एजेन्सी ।
रुसका प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री मिखाइल मिसुस्तिनमा कोरोना भाइरस पोजिटभ देखिएको प्रधानमन्त्री स्वयंले जानकारी दिएका हुन् । राष्ट्रपति भलाद्मिर पुटिनसँगको भिडियो कुराकानीमा उनले आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन्।
‘मैले आफूमा कोरोना भाइरस परीक्षण गराएको थिएँ, रिपोर्ट पोजिटिभ आएको छ। अब म सेल्फ आइसोलेसनमा जान लागेको छु,’ प्रधानमन्त्री मिखाइलले भनेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
रुसमा एक लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ।
shere this