सेयर
काठमाडौं ।
नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४५ पुगेको छ । ती मध्ये ७ जना निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।
मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना -११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो ।
shere this