नुवाकोट ।
शहर र बजार मात्रै होइन गाउँ पनि बन्दाबन्दीको चपेटामा छ । एउटा वडाबाट अर्को वडामा जान पनि प्रशासनको अनुमति छैन । कतै वडा वडामा स्थानीयले बारबेर नै गर्न भ्याएका छन् । तर यतिबेलै नुवाकोट बेलकोटगढीका इन्द्र लामा कहिले कसका घरका ढोका त कहिले कसका खेतमा पुग्न भ्याएका छन् ।
झोलाभरी मास्क बोकेर गाउँ गाउँ चहारेका लामाले बेलकोटगढी वडा नं ६ माक्स वितरण गरेका छन् ।
दि मालिका युवा क्लब, वेलकम डिजिटल प्रा.लि र नेपाली कांग्रेस नुवाकोट संगठन बिभागका उपाध्यक्ष इन्द्र लामाको पहलमा वडाका ४ सय घरपरिवारलाइ ४ हजार मास्क बितरण गरिएको छ ।
झोला बोकेर घर घरमै पुगेर माक्स वितरण गरेका लामाले मास्क बितरणमा सहयोग गर्ने सोहि नगरपालिका १३ का कृष्ण पाण्डेलाई विशेष आभार ब्यक्त गरे ।
जोखिम बढ्दै गएको कोरोना संक्रमणमा स्वास्थ्य सतर्कता अपनाउन सन्देश दिदै मास्क पनि वितरण गरेको लामाले बताए ।