सेयर
नुवाकोट ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा म्यागड गाउँपालिका नुवाकोटले गाउँपालिकाको भण्डारण शाखामा भएको आगजनीप्रति शंका व्यक्त गरेको छ । कोरोना संक्रमणको सन्त्रास र मुलुक लकडाउनको बिषम परिस्थितीमा औषधी लगायत आर्थिक बर्ष २०७४÷०७५ र २०७५÷०७६ का सम्पूर्ण कागजात जलेर नष्ट हुनुको पछाडी आफ्ना कमी कमजोरी ढाकछोप गर्ने दुस्साहसको गन्ध आएको नेकपाले जनाएको छ ।
नेकपाका गाउँपालिका इन्चार्ज मेघनाथ तामाङ, सचिव सेल्कर तामाङ र अध्यक्ष बुद्धिबहादुर तामाङद्धारा जारी विज्ञप्तीमा घटना सुनियोजीत हुन सक्ने भन्दै न्यायोचीत छानविन गर्न माग गरिएको छ । गत बैशाख ८ गते दिउँसो सवा १ बजे भण्डारण शाखामा आगलागी भएको थियो ।
shere this