कैलाली ।
कैलालीमा थप एकजनामा कोरोना संक्रमण भेटिएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार उनी परिवार सहित विरगञ्जबाट फर्किएका थिए । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो।