सेयर
सरकारले हङकङ र ल्हासाकाे महावाणिज्यदुत तोकेको छ । आइतबार बसेकाे मन्त्रीपरिषद बैठकले हङकङको महावाणिज्यदुतमा सचिव उदय रानामगर र ल्हासाको महावाणिज्यदुतमा नवराज ढकाललाई नियुक्त गरेकाे हो ।
सहसचिवद्वय उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेटमा जन्मिएका हुन ।
ढकाल उद्याेग मन्त्रालयकाे सहसचिव र रानामगर झापाकाे प्रमुख जिल्ला अधिकारी रहेका थिए । दुबैलाई महावाणिज्यदूत नियुक्ति गर्न सरकारकाे अघिल्लो मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो।
रानामगर गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, झापा र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।
shere this