काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सरकारले लिएको लक्ष्य पुरा हुने बताउनुभएको हो । उक्त लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायी लगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने उहाँको भनाइ थियो ।
‘सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ । यो लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ,’ मन्त्री तामाङले भन्नुभयो ।