आदरणीय कमरेड
नेत्र बिक्रम चन्द(विप्लव)
नमस्कार
आदरणीय दाइ म हजुरको जनकपुर ब्युरो सदस्य सर्लाही जिल्ला इन्चार्ज सहिद कुमार पौडेलको दिदी लक्ष्मी पौडेलको तर्फबाट स्विकार्नुस् यो निवेदन !
सामाजिक संजालमा हाल्ने रहर त थिएन तर आज बाध्य भयौं । किनकि मेरो भाइ हरिकृष्ण पौडेल र मैले विभिन्न नेतृत्व माध्यमबाट हजुरलाई जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले गरेका गतिविधि को बारेमा निवेदन पेश गरेका थियौं । हजुरको हात सम्म पुग्यो पुगेन ? यदि पुगेको भए किन सुनवाइ भएन ?
२०७८ असार ५ मा हाम्रो विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको लेटरहेडमा ‘असल क्षेत्री’ कार्यालय सचिवद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति सार्वजनिक गरियो । त्यो विज्ञप्तिप्रति हाम्री घोर भ्रत्सना समेत गर्दछौँ । न्यायको लागि हाम्रो परिवारले २ वर्ष सम्म कुर्यो । तर न्याय को साट्टो उल्टै धम्कि खेप्न पर्यो । प्रतिबन्धित रहेको पार्टी, पार्टीको कार्यशैली, भूमिगत शैलीमा हुँदा पार्टीभित्रकै सुराकीमा हत्या भएको र यसको छानबिन राम्रोसङ्ग होस् भनेर हामीले बारम्बार लिखित मौखिक गराउँदा सम्म एस्को छानबिन हुन नपर्ने र हत्यारालाई बल पुग्ने कार्य जनकपुर ब्युरोले गर्नु । अनि कुमार पौडेलकै स्मृति दिवसको दिन कुमार पौडेलको भाइ हरिकृष्ण पौडेल र स्वयम् म दिदी लक्ष्मी पौडेलको विरुद्दमा प्रेस विज्ञप्ति निकालेर सहिदको रगतको अपमान गर्ने ‘असल क्षेत्री’ लाई कारबाहीसहित सन्देश पौडेल हाम्रो अगाडि राखेर कुरा गर्न अविलम्ब माग गर्दछु।
निवेदक
सहिद कुमार पौडेलको दिदी लक्ष्मी पौडेल