सेयर
गीतकार मोहन थापाको शब्द, आर सी रिमालको संगीत, शाहस शाक्यको संगीत संयोजन तथा चर्चित गायिका अन्जु पन्त र गायक आर सी रिमालद्वारा स्वरबद्ध चौबन्दी बोलको लोक आधुनिक विधाको गीत सार्वजनिक भएको छ । गीत सार्वजनिक विशेष समारोहमा वरिस्ठ संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यमा गीत सार्वजनिक गरिएको हो ।
नवराज उप्रेती को छायांकन, प्रविण भट्टको सम्पादन, चर्चित निर्देशक मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशित उक्त म्युजिक भिडियोमा अहिलेकी व्यस्त मोडल बिना राउतलाई रोहित कुमार थापाले साथ दिएका छन् । दुई युवायुवतीको माया प्रेमको कथालाई भिडियोमा उतार्न खोजिएको छ ।
भिडियोः
shere this