नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आवद्ध अखिल नेपाल महिला संघ काठमाडौँ महानगरपालिका वडा नं. ७ वडा समितिको कार्यसमितिको गठन भएको छ ।
आरवि पार्टी प्यालेस मित्रपार्कमा शनिबार भएकाे भेलाले नयाँ समिति गठन गरेको हो । नेकपा एकीकृत समाजवादी अनेम संघ केन्द्रीय सदस्य तथा वडा नं. ७ सदस्य निर्मला पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा एकीकृत समाजवादी काठमाडौँका सचिव एवं सांसद कुसुमकुमार कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
अतिथिहरुमा वडा नंंंं. ७ का अध्यक्ष एवं नेकपा एकीकृत समाजवादी सदस्य शुद्धकुमार डंगोल, नेकपा एकीकृत समाजवादी अनेम संघ केन्द्रीय सदस्य तथा वडा नं. ७ सदस्य निर्मला पुडासैनी, नेकपा एकीकृत समाजवादी ध्रुबप्रसाद न्यौपाने, नेकपा एकीकृत समाजवादी ७ वडा अनेम संघ संयोजक राधा दाहाल, नेकपा एकीकृत समाजवादी क्षेत्र नं. ४ संयोजक रेणुका पराजुली, नेकपा एकीकृत समाजवादी एवं वडा नं.७ सदस्य कृष्णप्रसाद घिमिरे, नेकपा एकीकृत क्षेत्रीय उपाध्यक्ष ललितमान श्रेष्ठ, नेकपा एकीकृत समाजवादी बाग्मती प्रदेश कमिटी सदस्य सिता ओझालगायतको उपस्थिति रहेको थियो ।
विनु क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा चना परियार यस्तै सदस्यहरुमा सरिता ढकाल, संगीता, नेपाल, पवित्रा दंगाल, सिता पोखरेल, सरस्वती चिमौरिया, गीता मानन्धर, रजनी सापकोटा, भवानी बाग्ले, सम्झना श्रेष्ठ, रमा स्थापित सहसचिवहरुमा सुनिता शर्मा, विमला खरेल, विद्या घिमिरे, रेनु श्रेष्ठ, निरु शाक्य, निशा भट्टराई, अन्जु श्रेष्ठ, प्रजु खनाल, युनिका खनाल, मनिता पण्डित, कविता सुनुवार, रमिला राई, ज्योति पाण्डे, इप्सीका सिवा, दिप्सीका सिवा, युरिका श्रेष्ठ, अञ्जु डंगोललगायत छन् ।