सेयर
एजेन्सी ।
विश्वभर पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घन्टामा संसारभर १ लाख ८३ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको डब्ल्युएचओले जनाएको छ ।
चार दिन अघि अर्थात जुन १८ मा १ लाख ८१ हजार २ सय ३२ जनामा संक्रमण देखिएको थियो । ब्राजिल, मेक्सिकोलगायतका देशमा अहिले संक्रमितको संख्या ह्वात्तै बढेको छ । ब्राजिलमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।
संसारभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ४६ हजार २ सय १५ पुगिसकेको छ भने ४ लाख ७० हजार ७ सय ३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४८ लाख ३८ हजार ३ सय ५९ जना उपचारपछि घर फर्किएका छन् ।
shere this