सेयर
प्रदिप नेपाल
बर्षको माया थियो सँगै बाँच्नु थियो
उनी भित्रै बाँकि जीवन सबै साँच्नु थियो
जन्ति लिइ लिन बोलाइ मार्छन् सोचिन नि कैले
छोराछोरी जन्माएर जीवन काट्नु थियो
मन मिल्यो जातको कुरा सोचिनँ नि मैले
हाँसीखुसी पिरतीको डोरि बाट्नु थियो
यति टाढा साथी लिइ आ’थे उनलाइ लिन
साथीसँग मिलिजुली सँगै हाँस्नु थियो
shere this