काठमाडौं ।
थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्य ४ सय नाघेको छ ।
झापामा ९, माेरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडाैंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण देखिएपछि जोखिम बढेको छ । ललितपुरमा पहिलो संक्रमित भेटिएका छन् ।
यसैबीच उपत्यकाका बढी भिडभाड हुने क्षेत्रहरुलाई केन्द्रित गरी ३ हजार बढीको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तरकारी तथा फलफूल बजार कालिमाटी, नयाँ बसपार्क गोंगबु, भृकुटीमण्डप र सरसफाइ सेन्टरमा गरी लगायतका स्थानमा गरी नमुना २ हजार २ सय ३६ वटा आरडिटी र १ हजार १९ वटा पीसीआर विधिमार्फत परीक्षण गरिएको जनाएको छ। तीमध्ये अहिलेसम्म ७८ जनामा आरडिटी पोजेटिभ देखिएको छ।