मन्त्रीको कमिसन प्रकरणको समाचार प्रकासन गर्न नपाएको भन्दै एक पत्रकारले राजीनामा दिएका छन् । नयाँ पत्रिकाका पत्रकार पुष्प ढुङ्गानाले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको समाचार प्रकाशन नभएको भन्दै राजिनामा दिएका हुन् ।
ढुङ्गानाले आफूले तयार गरेको समाचार पत्रिकाले छाप्न नमानेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेर राजीनामा दिएको उल्लेख गरेका छन् । फेसबुकमा आफ्नो स्टाट्स लेख्दै पत्रकार ढुंगानाले पत्रकारीताबाट ब्रेक लिएको बताएका छन् ।
‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन। ग्लानी यो अर्थमा की मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु।’ ढुङ्गानाले लेखेका छन् ।