काठमाडौं ।
एकैदिन ६२ जना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बिहान ९ जना संक्रमित थपिएकोमा दिउँसो थप ५३ जनामा संक्रमण देखिएको हो ।
बाँकेकाे नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा साेमबार संक्रमण पाइएकाे छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएकाे थियाे। जसमा ४६ पुरुष र एक महिलामा छन्। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ। आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो।
विराटनगरका एक जना, भैरहवाकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएकाे परीक्षणमा धनुषाका एक जना, राैतहटका एक जना दाङका एक जना र धादिङका एक जनामा काेराेना संक्रमण भेटिएकाे छ।