-शैलेस वाग्ले
आज देश दुःखेको बेला, शक्तिशाली राष्ट्र सबैको ध्यान एकीकृत गरेको बेला, मानवजाति जीवनमरणको संघारमा उभिएको बेला मेरो देश अनि मेरो देशको राष्ट्रसेवक कमिसनको पछि कुदेको देख्दा यस्तो माहामारीमा भ्रष्टाचारले सिमा नाघेको समाचार सुन्दा मनै खल्लो अनि भित्र–भित्रै आगो बलेर आउँछ । हिजो माओवादीको लडाइँ व्यक्तिबिशेष हुनुपर्थ्यो । व्यक्ति उही रहेसम्म व्यवस्था बदलिएर केहि नहुँदो रहेछ भन्ने यो अहिलेको परिवेश गतिलो उदाहरण हो । हिजो पञ्चेको समयदेखि देशलाइ चुस्दै खोक्रो बनाउनेबाट आज हामी समाजवादको परिकल्पना गर्दैछौं, मानवमुक्तिको सपना देख्दैछौं ।
व्यक्ति उही रहेसम्म व्यवस्था बदलिएर केहि नहुँदो रहेछ भन्ने यो अहिलेको परिवेश गतिलो उदाहरण हो । हिजो पञ्चेको समयदेखि देशलाइ चुस्दै खोक्रो बनाउनेबाट आज हामी समाजवादको परिकल्पना गर्दैछौं, मानवमुक्तिको सपना देख्दैछौं ।
एउटा समाज परिवर्तनको आसा देखेर वलिदानको उच्च पंक्तिमा लामबद्द हुने ती राता मान्छे सम्झिँदा आजपनि उत्तिकै जोस उम्लेर आउँछ । कति सजिलै अरबपति बने क्रान्तिका नायक भन्नेहरु । तर हिजो मैदान समाल्नेहरु आज घाइते शरिर बोकेर घरको न घाटको बनेका छन् । हिजो देश र जनताको लागि घर त्याग्ने आजपनि बाध्य छन परदेसीन त्यहि घर बचाउनको लागि २०४५÷०४६ तिर माले र मसालको सदस्यता लिएर नागरिकता भित्र कोचेर कन्तुरमा थन्काउनेहरु बाचुन्जेल पैसा कमाएर म यो साल सदस्य भन्दै चुनावको मैदान समाल्दा पो ताजुप लाग्छ ।
हिजो समाज परिवर्तनको सपना बोकेर गरिब दलितहरुको घर÷आँगनमा न्याय अनि परिवर्तनको झुल्के घाम लिएर आउछु आमा…भन्दै घर छोडेको तामाङको बच्चो घर फर्कियो कि फर्केन् ? तर अस्ताउँदै गरेका घामको किरण हेर्दै आमालाइ सुनाएको सपना गरिब जनतालाई बाँडेका काल्पनिक मुक्तियात्राको कथा अनि ढलेको शरिर बगेको रगत घाटसम्म पनि पुग्न दिएनन् । मझेरीमै पुरे । केहि औँलामा गन्न मिल्ने नालायकहरुलाइ बिलासी जीवन जिउन हजारौँले रगत बगाए, उच्च बलिदानको कोटा पुरा गरे र आज अपाङ्ग जिवन जिउन बाध्य छन् ।
हिजो बिद्यार्थीको कोट र जुत्ता खोलेर टियूको मैदानमा फाल्दिने लेखनाथ दाइ के गर्दैछन् त्यहाँभित्र ? आमुने सामुनेको लडाइँ सामना गरेका कमरेड प्रभाकर के हेर्दैछन ? ती काला दिन झेलेका हिमाल शर्मा देशलाइ दुख्दा कसरी आउछ सुखको निन्द्रा ? अनि ठुला ठुला आवाजमा गर्जिने ती भिम रावल बोल्दैछन् कि कसैले मुख टाल्दिए ? बेपत्ता परिवार सन्तानको बाटो कुर्दा कुर्दै आखाँ लोलाए । शहिद परिवारलाईं मरेका मान्छेको नाम बेचेरै फुर्सद छैन् । बाँचेकाहरु पाउना सम्मान मै दिन बिताउँदै छन् ।
हिजो बिद्यार्थीको कोट र जुत्ता खोलेर टियूको मैदानमा फाल्दिने लेखनाथ दाइ के गर्दैछन् त्यहाँभित्र ? आमुने सामुनेको लडाइँ सामना गरेका कमरेड प्रभाकर के हेर्दैछन ? ती काला दिन झेलेका हिमाल शर्मा देशलाइ दुख्दा कसरी आउछ सुखको निन्द्रा ?
जनवादी गित कोर्ने हात हिरासत भित्रै कुहिँदै छन् । दश बर्षको लामो यात्रा हिँडेकाहरु कोहि महलमा निदाउँदै छन्, कोहि जडिबुटी खोज्दै कुन देशको जङ्गलमा छन् पत्तो छैन् । बाँकि मुर्दा शरिर बोकेर सडकको जिन्दगी झेल्दैछन् ।
आज दुई दशकको वरिपरि घुम्दा यात्रा नै गलत लाग्छ त्यसैले त जिन्दगी जिन्दगी झँै लाग्न छोड्यो । व्यवस्थाको लागि आहुती दिएका हामी आज एक छाक खाना नमिलेर मजदुरको आखाँबाट मोतिको ढिका खस्छन् । हे निकम्मा रक्तपिपाशु ! खै त हाम्रो गणतन्त्र ? कुहिरो भित्रको कागजस्तै अलमल्ल भएका छन् । न याता न उताको भएका छन् । तिम्रै घर छेउमा बँचेको शरिर बोकेर तिम्रै गगन चुम्ने महल नियाल्दै छन् लालसिपाही, जननायक ए, जननायक खै त तिम्रो समानता ?
हामीले तिमिहरुबाट निकम्मा व्यवस्था खोजेका होईनौं । हिजोको राजतन्त्रभन्दा ब्यथितिहरु यस्तो लुटतन्त्र । हे नेपाल आमा ! तिमीले कस्तो सन्तानलाइ जन्म दियौं ? हे जिउँदा लास हो ! देशको माया कति हुन्छ, विपतमा सिमापारि आफ्नो देशको भु–भाग हेर्दै खुल्ला आकाशमुनि पीडाको जिन्दगी बोकेर आफ्नै जमिनमा मर्ने अमर सपना देख्ने ति देशप्रेमी मजदुरहरुलाईं हेर । जो तिम्रो निरङ्कुश शासनलाईं धावा बोल्न सके र त सिमा पारिबाट आफ्नो भुमि नियालिरहेका छन् । देशकै माया भएर नै होला कहालि लाग्दो भेल तर्दै आफ्नो भुमिमा पाइला राख्छन् ।
हामीले तिमिहरुबाट निकम्मा व्यवस्था खोजेका होईनौं । हिजोको राजतन्त्रभन्दा ब्यथितिहरु यस्तो लुटतन्त्र । हे नेपाल आमा ! तिमीले कस्तो सन्तानलाइ जन्म दियौं ?
आउ साथी ! हातेमालो गरौं अब नयाँ यात्राको गोरेटो खनौं ! क्रान्ति सम्भव छैन भन्दै मोर्चा छोडेर भाग्नेहरुलाइ गतिलो जवाफ दिउँ । ती सहिद बेपत्ता अनि घाइतेहरुले देखेका अमर सपना पुरा गरौं । अमर सपनाको हत्या गर्ने गद्दारसङ्ग अन्तिम लडाइँ बाँकि नै छ । अस्ताउन नदिउँ त्यो हाम्रो परिवर्तनको यात्रा ।