सेयर
काठमाडौं ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी दिए।
नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादका आधारमा प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि बास्कोटाको राजीनामा आएको हो ।
एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बास्कोटाको चर्को आलोचना भैरहेको छ ।
shere this