नवलपुर ।
स्वास्थ्य विमा बोर्ड नवलपुरको कार्यालयको मुख्य ढोकामा मंगलबार अचम्मको सूचना टाँसिएको थियो । सेवा लिन गएका सेवाग्राही दंग परे । ढोकामा कार्यालयमा नेट नचलेका कारण नजिकैको कम्युनिकेसन पसलमा आफू रहेको भन्दै कार्यालय प्रमुख जयसोर भुसालले आफ्नो नम्बरसहित सूचना टाँसेका थिए ।
पत्रकार अर्जुन अधिकारीले सोही सूचनाको तस्बिरसहित फेसबुकमा लेख्नुभएको छ, ‘स्वास्थ्य बिमा बोर्ड नवलपुरको बेथिति हेर्नुस् । आज २:३० बजे कार्यालय जाँदा कार्यालयको मुख्य ढोकामा सूचना त्यो पनि जिल्ला प्रमुखको नम्बरसहितको । नम्बरमा भने सम्पर्क हुन सकेन । अब यो भट्टराई कमन्युकेसनमा भएका कर्मचारीलाई कसरी भेट्नु…’
सामाजिक सञ्जालमा कसैले कार्यालय प्रमुखले लापरबाही गरेको भन्दै आलोचना गरेका छन् । कसैले जनताप्रति उत्तरदायी भएकोले सूचना दिएको भन्दै व्यङ्ग्य गरेका छन् ।