सेयर
भैरहवा ।
प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउने प्रदेश सरकारको निर्णयमा नेपाली कांग्रेसले बिरोध जनाएको छ । आज साझ बुटवलका सबै वडा, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा बृहत राँके जुलुस प्रर्दशन गरेको छ ।
दिउसो बसेको नेपाली कांग्रेस रुपन्देहीको बैठकले प्रदेश सरकारको बिरोधमा असोज १८ गते आईतबार रुपन्देही जिल्ला बन्दको घोषणा समेत गरेको हो । १९ गते प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने काँग्रेसको निर्णय रहेको छ ।
आफ्नो माग पूरा नभए काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन गर्दै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
प्रदेश सरकारले हिजो स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनि राख्ने निर्णय गरेको थियो ।
shere this