काठमाडौं ।
काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ए ब्लकका बासिन्दामा गरिएको कोरोनासम्बन्धी र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको छ ।अपार्टमेन्टमा बस्दै आएका एक परिवारका तीनजनामध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ बस्नेहरुको परिक्षण सुरु गरिएको हो । अन्य ब्लकको पनि परिक्षण गरिदैँछ ।
हिजो अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यही ब्लकमा रहेकाहरुको र्यापिड टेष्ट किटमार्फत गरिएको कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए ।
ए ब्लकमा दुई सय बयालिस जना बस्दै आएका छन् । ए ब्लकको पन्ध्रौँ तलामा बस्दै आएकाहरु बेलायतबाट चैत पाँचमा नेपाल आएका थिए । र्यापिड टेष्टमा तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो । दोस्रो पिसिआर प्रबिधिबाट गरिएको परिक्षणमा दुई जनामा पुष्टि भएको हो ।