मलेसिया (कस)
मलेसियामा रहेका प्रवासी नेपालीहरुको संस्था हामी नेपाली ग्लोबल शाखा मलेसियाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि टाक्स फोर्स र आकस्मिक कोष खडा गरेको छ ।
कोरिना भाइरसबाट प्रभावित भई मलेसियामा अलपत्र परेका नेपालीहरुको अवस्था हेरि खाद्यान्न सामाग्री साथै भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले जगत दोङ तामाङको संयोजकमा १५ सदस्यीय टास्क फोर्स कार्यसमिति गठन गरेको हो । जसको सह-संयोजकमा सुरेन आले मगर र संयोजक सदस्यहरुमा मिलन लामा दोङ, दिनेश थिङ तामाङ, निर्मल लामा, मनिष स्यङ्तान, भबनाथ दहाल, पुष्पराज बोहरा, सन्चा तामाङ, नोर्बु दोङ तामाङ, उपेन राई, पासाङ पाख्रिन, जीवन घलान र विजय दोङ रहेका छन् ।
समितिले हामी नेपाली ग्लोबल शाखा मलेसियाको विधान परिच्छेद २ को उद्देश्य अन्तर्गत दफा ७, ५ अनुसार दैवीप्रकोप तथा आकस्मिक घटना पीडितलाई सहयोग गर्न कोष समेत खडा गरिएको मलेसियाबाट दिनेश थिङले जानकारी दिए ।
समितिले कोषमार्फत कोरोनाका कारण प्रभावित प्रवासी नेपालीलाईं खाद्यान्न सामाग्री तथा आवस्यक सहयोग गर्ने जनाएको छ।
हामी नेपाली ग्लोबलको गत अप्रिल २६ तारिखमा बसेको केन्द्रिय कार्यसमितिको बैठकको निर्णयअनुसार विश्वभर हामी नेपाली ग्लोबल शाखाहरुले आकस्मिक खडा गरि पीडित नेपालीहरुलाई खाद्यान्न राहत वितरण तथा उद्दार गर्दै आएको छ ।
समितिले मलेसियामा रहेका सम्पुर्ण प्रवासी नेपालीलाई खाद्यान्न अभाव तथा अन्य अप्ठ्यारो स्थितिमा परेको भए विभिन्न सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क व्यक्ति र उनीहरुको नंबर उपलब्ध गराएको छ ।
संयोजक समिति तथा संस्थाको प्रतिनिधि हरुको नम्बर :-
१.जगत सिङ तामाङ -०१७२८७२१४४
२.फुर्बा दोर्जे मोक्तान -०११२७०१४२९०
३.प्रकाश वाइबा -०१८७६७२९४१
४. लनाम तामाङ – ०१८४०१७८०७
५.मिलन दोङ – ०१८२८०५९५८
६.दिनेश थिङ -०१४३८४७३२२
७.मनिष स्याङ्तान -०११२४२४२२६५
८.सुरेन आले मगर -०११६०५५२०६८
९. बिजय दोङ -०११२७३७९२१०
Recent Comments