
नुवाकोट ।
सांसद हितबहादुर तामाङले नुवाकोटको लिखु गाउँपालिकाका किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी (केन्द्र)का सांसद तामाङले लिखुका किसानले अत्याधुनिक प्रविधिबाट उत्पादन गरेको व्यावसायिक आलुको मूल्य नपाएर कुहिएको भन्दै तत्काल क्षतिपूर्ति दिन माग गर्नुभएको हो । शुन्य समयमा बोल्दै सांसद तामाङले किसानहरुले उत्पादन गरेको निलो जातको आलु करिब ४ लाख ५० हजार बोरा मुलुकका विभिन्न जिल्लाहरुमा नुवाकोट, धादिङ , काठमाडौँ, पोखरा, भक्तपुर र काभ्रेका कोल्ड स्टोरमा समेत स्टोरेज गरिराखेको स्थितिमा ती किसानहरुले आलुको मुल्य प्राप्त गर्न नसकिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तत्काल किसानलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुछ, उत्पादन बढाउनुछ र आयातित वैदेशिक सामग्री प्रतिस्थापन गर्नुछ तर विडम्बना के भएको छ भने नुवाकोटको एउटा लिखु गाउँपालिकामा जहाँ किसानले अत्याधुनिक तरिकाले उत्पादनको प्रक्रिया अगाडि बढाइराखेका छन् त्यहाँका किसानहरुले उत्पादन गरेको निलो जातको आलु करिब ४ लाख ५० हजार बोरा मुलुकका विभिन्न जिल्लाहरुमा नुवाकोट, धादिङ , काठमाडौँ, पोखरा, भक्तपुर र काभ्रेका कोल्ड स्टोरमा समेत स्टोरेज गरिराखेको स्थितिमा ती किसानहरुले आलुको मुल्य प्राप्त गर्न सकिरहेका छैनन् । जसले गर्दा कुहिएर फाल्नुपर्ने अवस्था सिर्जना भइराखेको छ । त्यसकारणले ती किसानहरुलाई तत्कालै क्षतिपूर्तिको व्यवस्था गरियोस् ।’ तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
https://fb.watch/माननीय सांसद हितबहादुर तामाङ/https://www.facebook.com/kampanpost/videos/535802984957136








































