सेयर
एजेन्सी ।
भारत चीन सिमाक्षेत्रमा झडप भएको छ । उत्तरी सिक्किमको भारत चीन सिमाक्षेत्रमा दुइदेशका सैनिकबीच झडप भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
झडपमा ११ सैनिक घाइते भएका छन् । उनीहरु दुवै देशका भएको बताईएको छ । नाकु ला क्षेत्रमा हिजो भएको झडपमा चार भारतीय सैनिक र सात चिनियाँ सैनिक घाइते भएका समाचारमा जनाईएको छ ।
भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ । यसअघि सन् २०१७ मा पनि चीन र भारतको सीमाक्षेत्रमा तनाव भएको थियो ।
shere this
Recent Comments