सन्तोशी रिजाल
नुवाकोट, भैरमकोट
निर्मलकी आमा भन्छिन् सकिगोनी आँसु
आफ्नै सन्तान अन्यायमा म कसरी हाँसु
सम्झनाकी आमा भन्छिन् मन्दिर गा’की चेली
आइन घर बसेकी रै’छ मृत्युुसँग खेली होली
नेपालकी चेली भन्छन् सुरक्षाको भयो हामीलाई कमि
विकृतिमा मारिनेछौँ को जान्छ र हाम्रो मलामी
निर्मला अझै रुँदै चिच्याउँदैछिन् अरे
कति पीडा मनमा बोकी शरीरले भोगी मरे
च्यातिएका छन् कपडा मेरा फुटेको छ चस्मा
अपराधिलाई राख्देउ सरकार हिरासतको बसमा
चिच्याउँदा पनि अस्वीकारले उखुबारी थर्किएन
सरकारबाट न्यायको बाटो फर्किएन
रक्तामे थियो सरकार शरीर मेरो परेली झन् भिजे
कानुन तिम्रै आश्वासनले सबैले संविधान मिचे
मन्दिरभित्रै प्राण त्यागे रुँदा रुँदै मैले
सरकार बाट न्यायको घाम उदाउला र कैले
नाम राख्यौ आमा तिमीले प्यारी छोरी सम्झना
लागिसके आमा मलाइ न्यायबाट बिर्सन
आमा दिदी बहिनी भनी सम्मान गर्न सिकेन
त्यसैले त कानुन हाम्रो संविधानमा टिकेन
नतमस्तक भए देउता ममाथी त्रिशूल प्रहार हुँदा नी
कसैले पनि सुनेन् है म बलात्कृत भै रुँदा नी
छिट्टै फर्की आउछु भनी स्कुल हिँड्ने छोरी
केही समय पछि हेर्दा मेरो रगत शरीर भरी
कराउ चेली उठाउ विद्रोहका आवाजहरु
निर्मलाले भन्छिन् मैले जस्तो नमरुन है अरु
नरुनु है आमाहरु आँसुले नरुज्नु
आँखा छोपी न्यायलाई विरोध गर्दै मेरो लाश बुझ्नु
Recent Comments