सेयर
काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा बिहिबार बिहान ६ बजे बसको ठक्करबाट पैदलयात्री एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापा रहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते दुवैजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक फरार छ ।
shere this