सेयर

नुवाकोटबाट अमेरिका गइ बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले सहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।
नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ देवीघाटमा रहेको संस्कृत माध्यामिक विद्यालयलाई समितिले एक लाख त्रिपन्न हजार पाँच सय चौवालिस रुपैया सहयोग गरेको हो । विद्यालयका विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
नुवाकोट अमेरिका सम्पर्क समितिले केहि महिना अगाडिदेखि शिक्षा दिक्षा सहयोग परियोजना शीर्षक राखी सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत संस्थाले करिब २० वटा विद्यालयलाई दश लाख रूपैयाँ सहयोग गरिसकेको सभापति विज्ञान खनालले जानकारी दिनुभयो।
shere this