सेयर
काठमाडौं ।
वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना लागेका ५४ जनाको मृत्यु भएको छ ।
कोरोना अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका–१६ नगवाका ३६ वर्षे युवाको उपचारको क्रममा मृत्यु भएको डा निरज सिंहले जानकारी दिए। साउन ५ गते ज्वरो आएर एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो।
यस्तै वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो। घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो। पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
shere this